दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३” रहेकोछ ।
(२) यस ऐनको दफा ४, ६ र ७ सम्वत् २०७३ साल साउन १ गते देखि प्रारम्भ भएको मानिनेछ र अन्य दफाहरु तुरुन्त प्रारम्भ हुनेछन्।